काठमाडाैं- नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको आठौं पुर्ण बैठकमा गोरखामा हुने भएको छ ।
महासंघ जिल्ला शाखा गाेरखाको आतिथ्यमा भदौ २६ गते जिल्ला सदरमुकाममा महासंघको बैठक बस्ने भएको हो ।
केन्द्रीय निर्णय अनुसार बैठकका लागि जिल्लामा तयारी सुरु गरिएकाे छ। महांसघ जिल्ला शाखाको शुक्रबार बसेको बैठकले केन्द्रिय समितिको बैठक ब्यबस्थापनका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ ।
गण्डकी प्रदेशले घोषणा गरेको आन्तरीक पर्यटन बर्ष २०१९ र नेपाल भ्रमण बर्ष २०२० अन्तरगत पर्यटकहरु गोरखा भित्राउनका लागि जिल्लामा हुने पत्रकारहरुको जमघट प्रचार प्रसारको लागि उपयुक्त हुने महासंघ गाेरखा शाखाका अध्यक्ष किशाेरजङ्ग थापाले बताए ।
प्रतिक्रिया