+
Search

ताजा अपडेट +

पपुलर +

विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

4KNationalDaily
२०७६ भाद्र १५, आईतवार ०७:१८ बजे

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताएकाे खबर अाजकाे कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् । ।

सेप्टेम्बर १ देखि डसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily