काठमाडौं- मंगलबार साँझबाट काठमाडौंमा मुसलधारे वर्षा भएकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) राति देशका अधिकांस स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएकाे छ ।
देशका पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राजधानी हाल बर्षा राेकिएकाे छ ।
बुधबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
बुधबार राति अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने एवं राति केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार राति पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया