काठमाडौं- ‘प्रभास’ स्टार ‘साहो’ रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ ।
याे फिल्मलार्इ टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो । यसअघि यस साइटले ’जजमेन्टल है क्या’, ’पेटा’, ’गली व्वाय’, ’ठग्स अफ हिन्दोस्तान’ आदि सिनेमालाई लिक गरेको थियो ।
भारत सरकारले साइटलाई प्रतिबन्धित गरेपनि उसले नियमित सिनेमा लिक गर्दै आएको छ । साइट प्रतिबन्धित भएपनि प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन् ।
फिल्ममाभूमिका रहेको यस सिनेमामा श्रद्धा कपुर, चंकी पाण्डे, ज्याकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ ।
प्रतिक्रिया