काठमाडौं- मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद वैठक बसेकाे छ ।
स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयहरुको काम कारबाही बारे अपडेट गर्न मन्त्रिपरिषद वैठक बसेकाे हाे ।
वैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयहरुको कामकारबाही बारे जानकारी लिएका छन् । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य उपचारबारे पनि मन्त्रीहरुलाई जानकारी गराए ।
मन्त्रिपरिषद वैठकबारे यसअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटमार्फत जानकारी गराएका थिए । उनले ट्विटमार्फत मन्त्रिपरिषद वैठक र वैठकको एजेण्डाबारे जानकारी गराएका थिए ।
मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले यसअघि भदौ ९ मा भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका वैठक बसेकाे थियाे । भिडियो कन्फरेन्समार्फत वैठक बसालिएको प्रति सत्तारुढ नेकपाबाटै पनि विरोध भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वैठकको वैधानिकतामाथि प्रश्न गरेको थियो । कार्यविधि परिवर्तन नै गरेको गरिएको भिडियो कन्फरेन्स प्रति बौद्धिक जगतबाट पनि आलोचना भएको छ ।
सम्माननीय प्रम केपी शर्मा ओली@kpsharmaoli ले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधि मार्फत आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसंग सरकारका कामको बारेमा छलफल गर्नु भयो।उहॉले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको छ। pic.twitter.com/e2uFj9ipeD
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) September 3, 2019
प्रतिक्रिया