+
Search

ताजा अपडेट +

पपुलर +

जापान जाने कामदारको परीक्षा कात्तिकमा हुने, कति लाग्छ खर्च ?

4KNationalDaily
२०७६ भाद्र १८, बुधबार ०८:५३ बजे

काठमाडौं- लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ ।

जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो ।

जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ ।

जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको खबर अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन् । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन् ।

परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily