+
Search

ताजा अपडेट +

पपुलर +

ग्रामिण सडक अबरुद्ध हुदा सर्वसाधरण मर्कामा

4KNationalDaily
२०७६ भाद्र १८, बुधबार १०:२१ बजे

गाेरखा- बर्षा लागे सँगै जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध हुँदा सर्व साधरण मर्कामा परेका छन् ।

गोरखा-आँबुखैरनी सडक र द्रव्यशाह राजमार्ग बाहेक सदरमुकाम भित्रका कच्ची सडक हिलाम्मे हुँदा यात्रा कस्टकर बनेको हो ।

सर्वसाधरणहरुले हिलाम्मे सडकमा फसेका गाडी र पाएको दुःख सामाजिक सञ्जालहरुमा पोष्ट गरिहेका छन् ।

नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखाका सभापति भवगानबाबु मास्के हिलोमा फसेको गाडीको तस्बिर पोष्ट गर्दै आफ्नो फेसबुक वालमा लेख्छन्, ‘गोरखा नारेश्वर निबेल जाने बाटोको बिच देउराली बाटोको अबस्था’ उक्त तस्बिरलाई लिएर विभिन्न प्रयोग कर्ताले सरोकार वाला निकायको बेवास्ताका कारण जनताले दुःख भोग्नु परेको प्रतिक्रिया दिएका छन् ।

२०७५ चैत्र मसान्त भित्रमा कालोपत्रे भइसक्नु पर्ने गोरखा बारपाक सडकको अबस्था दयनिय छ ।

म्याद सकिएको लामो समय भइ सक्दा पनि कालो पत्रे नहुँदा वर्षाले बिगारेको सडकमा जोखिम मोलेरै यात्रा गर्न परेको यात्रुहरुले गुनासो गरेका छन् ।

मान्द्रेको उकालोमा झरेको पहिरो पन्छाउदै लाप्राकका भविराज घलेले उकालोमा जिप धकेलेको तस्विर फेसबुकमा पोष्ट गरेका छन् ।

उक्त पोष्टमा कमेन्ट गर्दै बल गुरुङ लेख्छन्, ‘हरिबिजोक बाटो । नेताहरु के हेरेर बसेको होला ? अरु देशले चन्द्रमा मा गएर घर बनाइसके हाम्रो भने यस्तो ताल ।’ यसैगरी मन घलले भनेका छन् ‘यो रोड बनाएर बारपाकमा कालो पत्रे सडक पुग्छ भनेर नसोचे हुने रै छ ।’

जिल्लामा कच्चि सडक मात्रै होइन पक्कि सडकको समेत हालत उस्तै छ । केहि बर्षअघि मात्रै पिच गरिएका सदरमुकाम आसपास क्षेत्रकै सडक पनि जिर्ण बन्दा यात्रुले सास्ती भोग्दै आएकाे खबर गोरखा समाचारमा छ ।

गोरखा बजार देखि ढुंगागाढे सडकमा ठूला ठूला खाल्डो बन्दा समेत नियमनकारी निकाय आँखा चिम्लेर बसेको छन् । त्यस्तै बाह्र किलोदेखि छेपेटार हुदै चोरकाटे सडकको हालत झनै सास्तीपूर्ण छ ।

समयमै मर्मत हुन नसक्दा यी सडकहरुमा कच्चिमा भन्दा बढी सास्ती खेप्नु परेको सर्व साधारण तथा सवारी चालकहरु बताउछन् ।

त्यस्तै गोरखा देखि आरुघाट, देरउराली, बुंकोट, नामजुङ, फुजेल, बक्राङ लगायत अधिकांश कच्चि सडकमा समेत सास्ती उत्तिकै छ भने स्थानीय तहका अधिकांश भित्रि सडक पनि जिर्ण छन् ।

यता जिर्ण सडक मर्मतमा स्थानीयतहले समेत वास्ता नगरेको सर्व साधारणको गुनासो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily