नारेश्वर (गोरखा)- गोरखा सदरमुकामको छेउमै रहेको विन्धवासिनी मन्दिरले धार्मिक पर्यटलकलाई कुरेर वसिरहेको छ ।
रामशाहको पालादेखि पुजा आजा हुदै आएको शक्तिकी देवी विन्ध्यवासिनी मन्दिरमा पुजाआजा गरेमा मनले चिताएको पुरा हुने र देवी खुशी भई भक्तजनको रक्षा गर्ने विश्वासका साथ यस मन्दिरमा पुजाआजका लागि भक्तजनहरु आउने मन्दिरका पुजारी रेवतीरमण तिवारी वताउँछन् ।
तिवारी व्राम्हणबाट पुजाआजा गरिने यस मन्दिर गोरखाकी कालिकाकी वहिनीको रुपमा लिईन्छ । दैनिक विहान नित्य पुजाआजा गरिने यस मन्दिरमा विभिन्न पुजाआजा तथा पशुपंक्षीको वली समेत दिईन्छ ।
गोरखा घ्याम्पेशाल मोटवाटोको रातमाटेबाट करिव २०० मिटर उचाईमा रहेमो यो मन्दिर सुन्दर स्थानमा रहेको छ । हरिया रुखहरु, मेनरोडबाट ढलान गरेको सिँढी वाटो खनेपानीको सुविधा, पिकनिक स्पोर्ट, शान्त वातावरण, धार्मिक मानिसहरु वस्ने पाटी, पिकनिकको खाना पकाउने हल समेत रहेको यो मन्दिर परिसरमा उतित प्रचार प्रसार नहुँदाा वत्ती मुनीको अँध्यारो जस्तो वनेको छ ।
आगामी असोज महिनाबाट गोरखामा आउने पर्यटकहरुलाई यो मन्दिरको महत्व दर्शाएर यस मन्दिरमा ल्याउन सके मन्दिरको महत्व अझ वढ्ने र गोरखा नगरपालिका तथा वडाले पनि यसमा उचित ध्यान दिनुपर्ने यस मन्दिरका अर्का पुजारी डिल्लीराम तिवारीले वताए ।
प्रतिक्रिया