+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको उपचार सकियो, तर ठीक भए-नभएको अहिल्यै यकिन नहुने!

4KNationalDaily
२०७६ भाद्र १९, बिहीबार ०८:४५ बजे

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले जानकारी दिए।

उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। ।

५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो ।

प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

‘उपचार सकिएर उहाँले स्वास्थ्य लाभ गर्नुभएको छ,’ अर्यालले भने, ‘शुक्रबार अपराह्न स्वदेश फर्किने कार्यक्रम तय भइसकेको छ।’

प्रधानमन्त्रीका निजी चिकित्सक दिलीप शर्मा भन्छन्, ‘उपचार सकियो, ठीक भए–नभएको अहिल्यै यकिन हुँदैन’

सातौँ चरणको प्लाज्मा फेरेसिस सकिएको छ । अहिलेसम्म उहाँका रिपोर्ट ठीक छन् । उहाँ स्वस्थ भएर शुक्रबार फर्किंदै हुनुहुन्छ । तर, प्लाज्मा फेरेरिसले ठीक भए–नभएको यकिन अहिल्यै हुँदैन । त्यसले काम गरे–नगरेको केही दिनपछि मात्रै थाहा हुन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily