+
Search

ताजा अपडेट +

पपुलर +

विप्लव बन्दुक पड्काएर समाजवाद आउछ भन्ने भ्रममा छन्ः नेता शर्मा

4KNationalDaily
२०७६ भाद्र २०, शुक्रबार १७:०३ बजे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।

विप्लव बन्दुक पड्काएर समाजवाद आउने भ्रममा रहेको उनको जिकिर थियो ।

नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको  बताए ।

‘पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ’, उनले भने, ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।’

नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily