+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ : मन्त्री भट्टराई

4KNationalDaily
२०७६ भाद्र २०, शुक्रबार १९:५० बजे

काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन् ।

शुक्रबार काठमाण्डुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन्।

काठमाडाैं लगायत देशभित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागू हुने छ ।

सरकार जनतालाई सेवा सुविधा दिन सधैँ तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताए ।

शुक्रबारदेखि सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ ।

यसअघि यात्रु ओसार्ने गाडीको पछाडि झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो ।

वायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउँथे । अब यो सबै झन्झट हटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily