+
Search

ताजा अपडेट +

पपुलर +

जिग्री ,पाँडे र रक्षा बिना नै ‘भद्रगोल’ फेरि आउने

4KNationalDaily
२०७६ भाद्र २०, शुक्रबार १९:५६ बजे

काठमाडाैं– चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’ फेरि प्रसारमा आउने भएको छ । नयाँ शैलीका साथ यो प्रसारणमा आउन लागेको हो ।

यो श्रृखला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टिमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो ।

केही सातादेखि बन्द रहेको श्रृखलाको अवका एपिसो ‘नक्कली बाबुराम’ बनेर चर्चा कमाएका ज्योति काफ्ले र अशाेक धितालको निर्देशनमा आउन लागेको हो ।

अशाेक यस अगाडि पनि उक्त श्रृखलामा ‘बाहुन डन’को चरित्र निर्बाह गर्दै आएका थिए । काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिदैछन्, भने अशोक’बाहुन डुन’ बनेर आउने भएका छन् ।

सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको समेत यो श्रृखलामा अभिनय रहनेछ ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८:३० बजे प्रसार हुँदै आएको यो श्रृखला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily