+
Search

ताजा अपडेट +

पपुलर +

 गण्डकी प्रदेशका सांसद दवाडीलाई ‘डेंगी’को संक्रमण, ३ दिनदेखि अस्पताल भर्ना

4KNationalDaily
२०७६ भाद्र २३, सोमबार १२:०८ बजे

काठमाडाैं- गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी अस्पताल भर्ना भएका छन्। डेंगीको संक्रमण देखिएपछि दवाडी तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन्।

‘ज्वरो आउनेलगायत लक्षण देखिएपछि अस्पताल आएका थियौं। डेंगीको संक्रमण रहेछ। तीन दिनदेखि अस्पतालमै छौं,’ दवाडीकी पत्नी कविताले भनिन्, ‘अझै केही दिन अस्पतालमै बस्नुपर्छ।’

डेंगी एडिस नामक लामखुट्टेको पोथीले टोकेपछि संक्रमण फैलिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily