+
Search

ताजा अपडेट +

पपुलर +

यू–१९ एसिया कपः अन्तिम खेलमा यूएईविरुद्ध नेपालको फराकिलो जित

4KNationalDaily
२०७६ भाद्र २४, मंगलवार १९:४३ बजे

काठमाडौं- श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा श्रीलंकाविरुद्ध नेपाल १६० रनले विजयी भएको छ ।

नेपालले दिएको २८६ रनको विशाल लक्ष्य पछ्याएको यूएईले ३४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

उसका लागि ब्रित्या अरबिन्दले सर्बाधिक २८ रन बनाए । बलिङमा नेपालका सागर ढकालले ३, राशिद खान, सूर्य तमाङ, पवन सराफले २-२ र कमलसिंह ऐरीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६७, सन्दीप जोराले ४८, आशिफ शेखले ४६, राशिद खान ४४, कमलसिंह ऐरीले ४१, कुशल मल्लले २२ रन बनाए ।

बलिङमा यूएईका लागि सञ्चित शर्मा, आकाश ताहिरले ३–३ र कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले एक विकेट लिए ।

समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्। यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । आज नेपाली टिमको प्लेइङ ११ मा को–कोले पाएका थिए मौका?

नेपालको प्लेइङ ११ः रोहित कुमार पौडेल, भिम सार्की, कुशल मल्ल, सागर ढकाल, आशिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सरार्फ, राशीद खान, सन्दीप जोरा र सूर्य तामाङ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily