+
Search

ताजा अपडेट +

पपुलर +

श्रीलंकालाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

4KNationalDaily
२०७६ भाद्र २४, मंगलवार १९:४९ बजे

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशले आयोजक श्रीलंकालाई ४२ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

समूह ‘ए’ बाट भारत विजेता र अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा समूह ‘बी’ बंगलादेश विजेता र श्रीलंका उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अब फाइनल प्रवेशका लागि बिहीबार भारतले श्रीलंकासँग र बंगलादेशले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आज समूह ‘बी’ को विजेताको छिनोफानो खेलमा बंगलादेशसँग श्रीलंका सहजै पराजित हुन पुग्यो ।

२७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा २३१ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७३ रन बनाएको थियो । समूह ‘ए’ बाट पाकिस्तान र कुवेत बाहिरिदा समूह ‘बी’ बाट नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily