काठमाडौं- एकातिर भारतले चन्द्रमामा जाने सोच बनाइरहेको छ भने अर्कातर्फ एक्सपाट इन्साइडरको एक सर्भेमा भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश भएको छ।
यो सर्भे आफ्नो मुलुक छाडेर विदेशमा बस्ने र त्यहाँ काम गर्ने मानिसको अन्तर्वार्ताका आधारमा तयार पारिएको खबर आजको कारोबार दैनिकले छापेको छ।
यो सूचीमा भारत र पाकिस्तानजस्ता मुलुकहरूको नाम त्यति अन्तरमा रहेका छैनन् ।
सूचीमा भारतका अतिरिक्त अन्य देशको नाम पनि समावेश छ। पहिलो स्थानमा ब्राजिल, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा नाइजेरिया तथा चौथोमा अर्जेन्टिना रहेका छन्।
प्रतिक्रिया