+
Search

ताजा अपडेट +

पपुलर +

डेढ वर्षमा चारपटक भेटेको भन्दै मोदीले भने-ओलीजीसँग मेरो अभूतपूर्व निकटता छ!

4KNationalDaily
२०७६ भाद्र २५, बुधबार ०९:०३ बजे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन्।

भिडियो कन्फेरेन्समार्फत् मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धिका रुपमा अथ्र्याएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘केही वषयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ,’ मोदीले भने, ‘पछिल्लो डेढ वर्षभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओलीजी र मबीच चारपटक भेट भइसकेको छ।’

उनले पाइपलाइन उद्घाटनसँगै पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णयको प्रशंसा गरे।

मोदीले चार वर्षअघि शक्तिशाली भूकम्पपछि नेपालले पुनर्निर्माण अघि बढाएको र भारतले पनि सहयोगको हात बढाएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily