काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ परेका छन्।
चितवन मेडिकल कलेजमा आन्दोलन गरेको आरोपमा उनीसहित एक दर्जनभन्दा बढी विद्यार्थी पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए।
प्रकाश मेडिकल कलेज संघर्ष समितिका संयोजक हुन्। आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिइएको मल्लले बताए।
यसअघि, मेडिकल कलेजले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको फिर्ता गर्ने सहमति गरे पनि फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्।
एक सातादेखि विद्यार्थीले कलेजको पठनपाठन नै ठप्प पारी आन्दोलन गर्दै आएका छन्। एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन्।
प्रतिक्रिया