+
Search

ताजा अपडेट +

पपुलर +

कलिला किशोरीलाई यौन व्यवयसामा लगाउन जवानी बढाउने हर्मोनको प्रयोग !

4KNationalDaily
२०७६ भाद्र २६, बिहीबार ०७:४९ बजे

 काठमाडौं- भारतीय टेलिभिजन च्यानल सोनीमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ- क्राइम पेट्रोल।

सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो- हार्मोन प्रयोग गरी किशोरीलाई वयस्क बनाएर यौन धन्दामा लगाउने।

जसको एउटा वास्तविक कथा थियो -भारतको हरियाणास्थित एउटा ग्रामीण भेगबाट नौ वर्षीया बालिका एकाएक हराउँछिन्।

खोज्दै जाँदा ६ महिनापछि उनी मुम्बईको यौन कोठीमा फेला पर्छिन्।

तर, जब परिवारले उनलाई भेट्छन, चिन्नै सक्दैनन्। ६ महिना अगाडि हराएकी ९ वर्षीया बालिका १८–२० वर्षकी वयस्कझैँ भइसकेकी थिइन्।

उनका स्तनको आकार वयस्क बराबरै थियो। शरीरको आकार प्रकार पनि पूरै बदलिएको थियो।

तर, मानसिक अवस्था भने उनी उही नौ वर्षीया झैँ थिइन्। यो खबर आजको शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले लेखेका छन्।

प्रहरी अनुसन्धानबाट खुल्छ ती बालिका अपहरणमा परे लगत्तै उनलाई शारीरिक अवयव बढाउने हर्मोन इन्जेक्सन दिइएको थियो।

जसको प्रभावले नौ वर्षकी बालिका शारीरिक रुपमा ६ महिनामै वयस्कझैँ भइसकेकी थिइन्।

भारतमा हुने अधिकांश अपराधको प्रवृत्ति नेपालसँग मिल्छ। यौन पेशामा लगाउन नेपालबाट किशोरीहरु भारत पुर्याएर बेच्ने क्रम अझै रोकिएको छैन।

अहिले त आन्तरिक रुपमै काठमाडौँ, पोखरा लगायतका शहरमको रात्रिकालिन व्यवसायमा संलग्न गराउन ग्रामीण भेगबाट किशोरी ल्याउने क्रम बढेको छ।

कार्यक्रममा देखाइएका यौवन बढाउन प्रयोग भएको स्टेरोइड, अक्सिटोसिन, टेस्टेस्टेरोन, प्रोजेस्टेरोन र स्ट्रोजेन हर्मोन खुवाउने अपराध कनै नेपालमा पनि गुपचुप भइरहेको छ छैन?

हर्मोनको प्रयोगबारे जिम्मेबार सरकारी निकायमा गुनासो पुगेको छ। तर प्रमाण छैन भनेर अधिकारीहरु मौन बसिरहेका छन्।

यो हर्मोन खाएपछि व्यक्तिको अनुहार गोलो हुँदै जान्छ। भुँडीसमेत बढ्छ। हाइट नबढ्ने भए पनि व्यक्तिको तौल बढेपछि साना बालिका पनि वयस्क जस्ता देखिन्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily