+
Search

ताजा अपडेट +

पपुलर +

हास्य कलाकार पाँडेका दुःख, आफ्नै स्वरुपमा फर्कन खाेज्छन् तर सक्दैनन् !

4KNationalDaily
२०७६ भाद्र २६, बिहीबार ०९:३२ बजे

काठमाडौं- लोकप्रिय हास्य कलाकार पाँडे उमेरले ३३ वर्षका भए। तर उनले निभाउने क्यारेक्टर ७० वर्ष आसपासको छ।

भद्रगोलमार्फत दर्शकमाझ चिनिएका उनको वास्तविक पहिचान पाँडे पनि हैन, अर्जुन घिमिरे हो। तर, उनलाई अर्जुन भनेर कमैले चिन्छन्।

यस्ता पात्र धेरै छन्, नेपाली हास्य क्षेत्रमा। अधिकांश आफ्नो बास्तविक पहिचानभन्दा सिरियलकै क्यारेक्टरको भरमा चल्न बाध्य छन्।

अर्जुन घिमिरेले जिरे खुर्सानी, तितो सत्य लगायतका सिरियलमा सक्कली गेटअपमै अभिनय गरे। तर उनको कुनै पहिचान बन्न सकेन। दर्शकले पनि बास्तै गरेनन्।

सिरियलको गेटअपमा त सबैले चिन्छन्, तर सामान्य दैनिकीमा जब बास्तविक स्वरुपमा हुन्छन्, गुमनाम नै देखिएका छन्।

टेलिसिरियलमा देखिने नक्कली क्यारेक्टर हावी हुँदा केही कलाकारको सक्कली पहिचानै संकटमा परेको छ।उनीहरु आफ्नै स्वरुपमा फर्कने प्रयासमा छन्, तर सकेका छैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily