काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी अाज (बिहीबार) नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् ।
‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए ।
निर्देशक बस्नेतका अनुसार कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी दिनको २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछिन् ।
प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको छ ।
शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी छन् ।
सन्नी नेपाल आउन लागेको यो पहिला पटक भने होइन । केही पहिले पनि उनी एक व्यापारिक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् ।
पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।
प्रतिक्रिया