+
Search

ताजा अपडेट +

पपुलर +

डेंगुको विषयमा जानकारी गराउन सरकारलाई सभामुखको ‘रुलिङ’

4KNationalDaily
२०७६ भाद्र २६, बिहीबार १४:०२ बजे

काठमाडौं- प्रतिनिधिसभाले डेंगु रोगको महामारीका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेको भन्दै यस विषयमा संसदलाई जानकारी गराउन स्वास्थ्मन्त्री र सरकारलाई निर्देशन दिएका छन् ।

उनले भनेका छन्, ‘यस सम्बन्धमा सरकार र स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउँछु । सदनलाई यथासिघ्र जानकारी गराउन निर्देशन दिन्छु ।’

केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन् । बिहीबार कांग्रेस सांसद उमा रेग्मीले सरकारले जनताको स्वास्थ्यप्रति वास्ता नगरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily