+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बङ्गलादेश बैंकको ९५औं शाखा ‘खोकना’मा

4KNationalDaily
२०७६ भाद्र २६, बिहीबार १६:४१ बजे

काठमाडाैं- नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे ९५औं शाखा ‘खोकना’मा स्थापना भएकाे छ । बैंककाे शाखा बिस्तारको क्रममा ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको हाे ।

भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ । शाखाको औपचारिक समुद्घाटन नेकपाकि नेता पम्फा भुसालले गरिन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो।

शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा बिस्तारसगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा ब्त्ः बाट बैंकिङ्ग सेबा दिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily