+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा असोज ५ देखि दशैंको टिकट बुकिङ खुल्ने

4KNationalDaily
२०७६ भाद्र २६, बिहीबार १६:४७ बजे

काठमाडौं- नेपाली चाड दशैं नजिकिंएसँगै सर्वसाधरणलाई आफ्नो घर फर्किने योजनामा जुटिसकेका छन् ।

यसैलाई मध्यनजर गर्दै असोज ५ गतेदेखि काठमाडौं उपत्यकामा दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस पटकको दशैंमा नयाँ यातायात भने थपिएको छैन ।

दशै– तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जानकारी दिएको छ ।

विगतमा एक महिना भन्दा अगाडि नै दशैंको टिकट बुकिङ खुल्ला हुने गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily