काठमाडौं- भारतीय फिल्म नगरी बलिउडकी चर्चित हिरोईन सन्नी लियोन काठमाडौंमा हट अवतारमा प्रस्तुत भएकी छिन् ।
सन्नीले नेपाली प्रशंसकहरुलाई सेक्सी चम्मा र मुस्कानले मोहित पारेकी छन् ।
काठमाडौंको धोवीधारास्थित कुमारी सिनेमा भवनमा आजबाट सुरु गरिने चलचित्र पासपोर्टको शुभारम्भका लागि उनलाई विशेष रुपमा निम्त्याईएको थियो ।
यस चलचित्रमा सन्नीले एउटा गीतमा आईटम डान्स प्रस्तुत गरेकी थिईन । सन्नीले कुमारी हलमा नेपाली चलचित्रकर्मी, कलाकार, मिडियाकर्मीहरुसँगै बसेर चलचित्र हेरेकी थिईन् ।
चलचित्र हेर्नुअघि उपस्थित मिडिया र दर्शकलाई सम्बोधन गर्दै बिहीबार साँझको कार्यक्रमको लागि नेपाल बोलाएकोमा चलचित्र टिमलाई धन्यवाद दिएकी छिन् ।
उनले विश्वको मनपर्ने देशमध्येकै एक नेपालमा आएर यो पल बिताउन पाएकोमा निकै खुशी महसुस भएको प्रतिक्रिया दिएकी थिईन् ।
सनीले एक आइटम गीतमा केही समयको लागि मात्रै आफू देखिए पनि नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले नेपाली गीत भए पनि धेरै पटक सुनेको हुनाले नृत्य गर्न गाह्रो नभएको अनुभव सुनाइन् ।
यो सनीको चौंथो नेपाल भ्रमण हो । यसअघि उनी २०१७ मा तेस्रोपटक नेपाल आएकी थिइन् ।
प्रतिक्रिया