+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा

4KNationalDaily
२०७६ भाद्र २७, शुक्रबार २०:१६ बजे

गोरखा- ऐतिहासिक तथा धार्मिक केन्द्रको रुपमा रहेको गोरखाको मनकामना मन्दिर पुग्ने मनकामना केवलकार आजदेखि सञ्चालनमा आएको छ ।

मर्मतसम्भारका लागि भदौं २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।

मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो ।

आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार स्थित चेरेसमा प्रवेशद्वार रहेको मनकामना केबलकार चढेर जिल्लाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न यात्रुहरु आवातजावन गर्ने गर्दछन् ।

मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ केबलकारको स्टेशनमा भीड नै लाग्छ ।

दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको छ । अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ ।

मनकामना दर्शनका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily