काठमाडौं- फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोसँगको बयानमा थापाले बस्नेतलाई नचिनेको दाबी गरेका छन्।
तर, केन्द्रीय कारागारको सुरक्षार्थ खटिएका इन्सपेक्टर विपिन ओझाले भने नरेशले बस्नेतसँग जेलभित्रै भेटेको आफूले देखेको बयान दिएका छन्।
ब्युरोसँगको बयानमा नरेशले फिरौती संकलन धन्दाका आठ आरोपितमध्ये तीन जनालाई चिनेको बताएका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
जेलभित्रैबाट निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर रकम असुल्ने समीरमान बस्नेतको योजनामा साथ दिएको आरोपमा नरेशसहित आठ जनाको काठमाडौँ जिल्ला अदालतमा बयान जारी छ।
इन्कारी बयान दिए पनि प्रहरीकै पहुँचमार्फत् थापाले कारागारभित्र कडा सुरक्षा घेरामा राखिएका बस्नेतलाई भेटेको अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया