+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन्, वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ’

4KNationalDaily
२०७६ भाद्र २८, शनिबार १९:१३ बजे

दाङ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ठूलो संघर्षबाट फालिएको राजतन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताएका हुन् ।

‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्’, उनले भने, ‘यो हल्ला मात्रै हो ।’ एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै देउवाले भने, ‘एनसेलको मैले नाम पनि सुनेको छैन् । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ ।’

अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताए । ‘दाङमा राम्रा भवन छैनन्’, उनले भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।’

बाँकेका काङ्ग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारवाही गर्न पनि उनले सरकारसँग माग गरे ।

‘बाँकेमा गम्भीर खालको घटना भएको हो’, उनले भने, ‘यो घटनाका दोषी जो कोहीलाई पनि कारवाही गर्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily