+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिकामा स्कार्पियो गाडी छ, तर अध्यक्ष घोडा चढ्छन्, उपाध्यक्ष पैदलै !

4KNationalDaily
२०७६ भाद्र २९, आईतवार ०७:५१ बजे

काठमाडौं- रुकुम पूर्वको पुथाउत्तरगां गाउँपालिकाले अध्यक्ष ओमप्रकाश घर्तीको सवारीसाधनका लागि घोडा किनेको छ।

अध्यक्ष घर्ती प्रायः सबै कार्यक्रममा घोडा नै चढेर पुग्छन्।

१४ वडा रहेको गाउँपालिकाका नौ वडा सडक सञ्जालमा जोडिएका छैनन्। बाँकी ५ वडालाई कच्ची सडकले छोएको मात्रै छ।

त्यसैले घोडा नै सवारीसाधनको रुपमा प्रयोग गर्नुपरेको अध्यक्ष घर्तीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा रुकुम पूर्वबाट मनीष खड्काले लेखेका छन्।

गाउँपालिकाले डेढ लाख रुपैयाँमा अध्यक्षको लागि घोडा किनेको हो। घोडाको खान्कीको लागि मासिक करिब एक लाख रुपैयाँ खर्च हुन्छ।

कुनै कार्यक्रममा जानुपर्दा अध्यक्ष घर्ती घोडा चडेरै पुग्छन्। तर, उपाध्यक्ष लगायतका जनप्रतिनिधि भने प्रायः पैदलै हिँड्ने गरेका गाउँपालिकाका प्रवक्ता भीमबहादुर मल्लले बताए।

सडक गतिलो नहुँदा गाउँपालिकाले ३६ लाखमा किनेको स्कार्पियो गाडी भने प्रयोगबिहीन जस्तै बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily