गोरखा- राज्यले बालबालिकाहरुको बृद्धिबिकाससंगै उनीहरुको शिक्षा र स्वास्थ्यमा राज्यले बिशेष ध्यानदिनुपर्ने बताएका छन् ।
रास्ट्रिय दुग्ध बिकास बोर्डको आयोजनामा गोरखाको पालुङटार नगरपालिका– ८ को अकला माविका ‘बिधार्थीलाई दुग्धपान’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आजका बालबालिका भोलीको राष्ट्रनिर्माणको कर्णधार भएको भन्दै अहिलेदेखि नै उनीहरुको शारीरिक मानसिक लगायत सवैखालका क्षमता बिकासमा राज्य लाग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले बिधालयका बालबालिकाहरुको शारिरिक, मानसिक बृद्धि बिकासका अपरीहार्य पौष्टीक तत्व दुधमा पाईने भएकाले बालबालिकाहरुलाई अनिबार्य दुध पिलाउनु पर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल नगरक्षेत्र भित्रका बालबालिकाहरुको क्षमता बिकासका लागि नगरपालिका बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
कलाकार एवंम रेडियो नेपाल सञ्चालक समितिका सदस्य रामचन्द्र अर्याल गीत मार्फत बालबालिकाहरुलाई दुध तथा फलफुलको महत्वका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया