पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल सहित कटान क्षेत्रको आज निरीक्षण गरेकधा छन् ।
फुसेखोलाको कटानका कारण सयम समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको वस्तिको उनले निरक्षण गरेका हुन् ।
विगत केही बर्ष यता बर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोविल्ला पुल नजिकै गत बर्षबाट तटवन्ध गरि नियन्त्रणको प्रयास गरिएको छ ।
अवलोकनका क्रममा स्थानीय वासिन्दा र सरोकारवालसंग अन्तकृया गर्दै उनले पुल र वस्तिको संरक्षणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सेतीनदी र फुस्रेखोलाको संगमस्थलकारुपमा रहेको दोविल्ला क्षेत्रको संरक्षण गरि जोखिम न्यूनिकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्वन्धित निकायबाट तदारुक्ता देखाउनु पर्ने स्थानीय वासिन्दाले मुख्यमन्त्रीसंग माग राखेका थिए ।
दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमि लगायतका विभिन्न संघसंस्था सहित ठूलो वस्ति र जग्गा समेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिए ।
प्रतिक्रिया