+
Search

ताजा अपडेट +

पपुलर +

आँपपिपलबाट ठाँटीपोखरी जाँदै गरेकाे माेटरसाइकल दुर्घटना, तिनजना घाइते

4KNationalDaily
२०७६ भाद्र ३०, सोमबार २०:०६ बजे

गाेरखा- आँपपिपलबाट ठाँटीपोखरी जाँदै गरेकाे माेटरसाइकल दुर्घटना भएकाे छ । पालुङटार नगरपालिका-३, मैवल स्थित ठाँटीपोखरी हर्मी सडक खण्डमा माेटरसाइकल दुर्घटना भएकाे हाे ।

आँपपिपलबाट ठाँटीपोखरीतर्फ आँउदै गरको ना ५३ प ९३५८ नंम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको ग १६ प ८५८९ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तिनजना घाइते भएका छन् ।

घाइते हुनेमा अजिरकोट गाँउपालिका-५, धारापानीका बिपुल गुरुङ, रुद्री कुमारी गुरुङ र पालुङटार नगरपालिका-२, पोखराबेसीका युवराज न्यौपाने घाईते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

उनीहरू सबैकाे आँपपिपल हस्पिटल गोरखामा उपचार भइरहेकाे छ  उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily