+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन विमानस्थल बिहानैदेखि ठप्प: उडान भएन, अवतरण डाइभर्ट

4KNationalDaily
२०७६ भाद्र ३१, मंगलवार १०:५३ बजे

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प बनेको छ । खराव मौसमका कारण बिहानैदेखि उडान अवतरण अवरुद्ध भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो।

त्रिभुवन विमानस्थलकाका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ।

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको छ।

भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily