गाेरखा- भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले औपचारिक रुपमा पालुंगटार नगरपालिकामा प्रवलीकरण प्रर्दशनी घरमा काम थालनी गरेको छ ।
गत शुक्रबारबाट घर प्रबलिकरण कार्य सुरु गरिएको परियोजनाले जनाएको छ । पालुंगटार नगरपालिकाको वडा नं. ३ बोहरा गाँउस्थित बिमला लामाको घरमा प्रबलिकरण सुरु गरिएको हो ।
प्रवलीकरण प्रर्दशनी घरको पालुंगटार नगरपालिकाका मेयर दिपक बाबू कँडेल र उपमेयर पम्फा बसेलले अवलोकन गरे ।
घरको अवलोकन गर्दै नगरप्रमुख कँडेलले निजी आवास पुनर्निर्माणको गति वढाउन प्रवलिकरण कार्यको शुरुवातले पालुङटार नगरपालिकामा सहज हुने विश्वास व्यक्त गरे ।
नगरप्रमुख कडेंलले प्रवलिकरण भईरहको घरका घरधनीसंग छलफल समेत गरेका थिए ।
यस्तै, उपमेयर बसेलले प्रवलीकरण आगाडी बढ्नका लागि नमूना घरको माध्यमबाट समेत प्रवलीकरणको सूचीमा परेका घरधनीलाई सहज हुने बताइन् ।
उनले २०७२ सालको भुकम्पबाट क्षति भएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सुचिमा रहेका पालुङटार नगरपालिकामा एक हजार भन्दा बढि घर धुरीमा हाल सम्म पनि प्रबलिकरण अभियान सुरुवात नभएको सन्र्दभमा प्रवलिकरण प्रर्दशनि घरले सकरात्मक सन्देश दिने उल्लेख गरिन् ।
उनले भनिन्, ‘सांस्कृतिक धरोहरका रुपमा रहेका घरमा प्रवलीकरण गर्न जोड दिनुपर्छ ।’
घरधनी विमला लामाको ढुंगामाटोको डेढ तल्लाको घरमा ८ जना डकर्मीले ८ दिनमा प्रवलीकरण सक्ने लक्ष्य सहित काम गरिरहेको परियोजनाका इन्जिनियर दिवस दाहालले बताए ।
भूकम्पमा भएका सामान्य क्षति बाट भएका असरलाई समाधान गरेर मजबुद बनाउन प्रवलीकरण जरुरी रहेको परियोजनाका इन्जिनियर दाहालले बताए ।
सामान्य क्षति भएका मौलिक पहिचानका घरको समेत जगेर्नाका लागि प्रवलीकरण आवश्यक रहेको उनले बताए ।
प्रवलीकरण गरिरहेका घरधनी बिमलाको घर २०५३ सालमा बनेको र २०७२ सालको भुकम्पले क्षति भएको थियो ।
प्रतिक्रिया