+
Search

ताजा अपडेट +

पपुलर +

सोझा र इमानदार भनिएका चित्रबहादुर केसीले गरे गम्भीर अपराध, पाँच वर्ष कैद हुन सक्ने!

4KNationalDaily
२०७६ आश्विन २, बिहीबार ०९:३७ बजे

काठमाडौं- सोझो र इमान्दार छबि बनाएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पदको दुरुपयोग गर्दै गम्भीर अपराध गरेका छन्।

आजको शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेको समाचार अनुसार केसीको अपराध हो, आफ्ना दुई नातिका बाबु आमा नै परिवर्तन गरिदिने।

तीन पटक सांसद भएका उनले आफू संविधानसभाको सभासद भएको बेलामा कानुन छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिनलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाइदिएका हुन्।

यो अपराध हो, ०६७ माघ ५ गतेको। सोही दिन प्रशासनले पत्तै नपाई चित्रबहादुरका जेठा छोरा सचिन तर्फका दुई छोरा कान्छा छोरा विष्णुतर्फका सन्तानमा परिणत भए।

झुटो विवरणको आधारमा सचित र सचिनको बाबु आमा नै बदल्न चित्रबहादुर आफैँ खटिएका थिए। त्यो बेलामा सचितको उमेर १२ र सचिन ६ वर्षका थिए।

गैरकानुनी रुपमा दुई बालकको आमा बाबु नै बदलिनुको कारण देखियो, जापान मोह। चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन्। चित्रबहादुरले दुई नातीलाई जापान पठाउने मोहकै कारण उनीहरुका आमाबाबु नै बदलिएको हो।

जनमोर्चाकी प्रवक्ता तथा सांसद दुर्गा पौडेलले यो ठूलो इस्यु नभएको दाबी गरेकी छन्। तर, अधिवक्ता स्वीकृति बरालका अनुसार नाबालिग प्रमाणपत्र नागरिकता समान हो।

चित्रबहादुरबाट भएको कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने देखिन्छ।

सो दफाअनुसार कसैले नेपाली नागकिरताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाखसम्म जरिबाना वा दुबै सजाय हुने प्रावधान छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily