+
Search

ताजा अपडेट +

पपुलर +

सरकार र पार्टीको विरोधलाई स्वभाविक रुपमा लिनुपर्छ : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७६ आश्विन २, बिहीबार ०९:५६ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् ।

भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए । ‘कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भने’, ‘यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।’

उनले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताए । ‘कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उनले भने’, ‘हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।’

नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिए । एकताले पूर्णता पाएको भन्दै उनले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily