+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुल नेपोलीसँग स्तब्ध, बार्सिलोना बराबरीमा

4KNationalDaily
२०७६ आश्विन २, बिहीबार ०९:५७ बजे

एजेन्सी- डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमै स्तब्ध बनेको छ । लिभरपुल इटालियन क्लब नेपोलीसँग २–० ले स्तब्ध बनेको हो ।

नेपोलीको मैदानमा मंगलबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा घरेलु टोलीले च्याम्पियनविरुद्ध २ गोल गर्न सफल भएको थियो ।

घरेलु टोलीका लागि ८२औं मिनेटमा ड्रिएस मेर्टिन्सले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । एन्ड्रिउ रोबर्टसनले पेनाल्टी बक्समा जोसे कालेहनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा मेर्टिन्स चुकेनन् ।

इन्जुरी समयमा थप गरिएको दोस्रो मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै लिभरपुललाई २–० ले स्तब्ध पारे । लिभरपुलले गोलको अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । जितसँगै समूह नेपोलीले समूह ‘ई’ मा महŒवपूर्ण ३ अंक जोडेको छ ।

लिभरपुल अंकविहीन छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाको साल्जवर्गले बेल्जियन क्लब जेन्कलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

साल्जवर्गको जितमा अर्लिङ ब्राउट हल्यान्डले ह्याट्रिक पूरा गरे । हि चान ह्वाङ, डोमिनिक, एन्ड्रियस उल्मरले समान १–१ गोल गरे । पराजित जिन्कका जोन लुकुमी र एमविवाना समताले गोल गरे । साल्जवर्ग ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । जेन्क पुछारमा छ ।

कप्तान मार्को रिउसले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्न नसकेपछि क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । बार्सिलोना डर्टमन्डको मैदानमा गोलरहित बराबरीमा रोकिएको हो ।

खेल अवधिभर डर्टमुन्डले दर्जन बढी निकै अवसर सिर्जना गरे पनि बार्सिलोनाको बराबरीमा जर्मन गोलरक्षक स्टेगन नायक बने । ५७औं मिनेटमा बोरुसियाले पेनाल्टीको अवसर पायो ।

बार्सिलोनाका नेल्सन सेमेडोले जेडन सान्चोलाई लडाएपछि रेफ्रीले पेनाल्टीको निर्णय दिए । तर, रिउसले प्रहार स्टेगनले डाइभ हान्दै विफल पारे । उनले रिबाउन्ड गोललाइन नजिक पुगे पनि दोस्रो प्रयासमा बचाए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily