+
Search

ताजा अपडेट +

पपुलर +

लायन्स क्लब गोरखा सिटिले गर्याे गुरुकुल विद्यालयलाइ खाद्य सामाग्री सहयोग

4KNationalDaily
२०७६ आश्विन ३, शुक्रबार १५:५१ बजे

गोरखा– संबिधान दिवसको अवसरमा लायन्स क्लब अफ गोरखा सिटीले जिल्लामा रहेको एकमात्र गोरक्षनाथ बैद्दिक गुरुकुल बिद्यालयमा अध्यनरत २२ छात्रहरुको लागि खाद्यान्न सामाग्री उपलब्ध गराएका छन् ।

गुरुकुल आश्रममा बिहान एक कार्यक्रमका बीच क्लबका अध्यक्ष कर्ण बहादुर गुरुङ्गको अध्यक्ष्यता गुरुकुलका ब्याबस्थापन समिति पुरुषोत्तम अर्याल बिशेष अतिथिको रुपमा बसेको कार्यक्रममा लायन्स गोरखा सिटि सस्थाले दैनिक उपभोग्य खाध चामल नुन तेल दाल र साबुन जस्ता सामाग्री उपलब्ध गराएको थियो ।

गुरुकुलका ब्याबस्थापक समितिका अध्यक्ष अर्यालले लायन्स सिटि परिवारले पहिलो कार्यक्रमको रुपमा हामीलाई सम्झिएर जे जति सकिन्छ आफुहरुले कलेक्सन गरेर जुटाएको रकम बाट हाम्रो स्कुललाइ सम्झिएकोप्रति धन्यबाद ब्यक्त गरे ।

त्यस्तै पहिलो कार्यक्रम सस्थाले सहि स्थान छनौट गरेको छौ गुरुकुल परिवारलाई धन्यबाद सहित् आगामी दिनमा पनि व्यक्तिगत र सस्थागत रुपमा निरन्तर सहयोग रहने प्रतिबद्दता क्लबका अध्यक्ष गुरुंगले गराए ।

२० / २२ जना बालाबालिका पढिरहेको गुरुकुल आश्रममा प्राय जिल्ला बाहिर मुगु बाजुरा पोखरा लागायतका स्थानबाट बिधार्थी आउने गरेको र अबका दिनमा स्थानीय बालबालिकालाई पनि प्राथामिकता दिने गुरुकुलको योजना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily