+
Search

ताजा अपडेट +

पपुलर +

साझा पार्टी गोरखाकाे जिल्ला संयोजकमा रेग्मी

4KNationalDaily
२०७६ आश्विन ३, शुक्रबार १६:३३ बजे

गोरखा- साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

होटल मिराकलमा भएकाे जिल्ला संयोजक घोषणा तथा सम्बोधन कार्यक्रममा जिल्ल्लामा रही लामो समय सामाजिक कार्यमा बिताएका किशोर रेग्मी चएन भएका छन् ।

पार्टीका केन्दिय संयोजक रबिन्द्र मिश्र, प्रबक्ता डा सूर्यराज आचार्य, केन्द्रिय सदस्य शुसिला केसी अधिकारी, गण्डकी प्रदेश संयाेजक महेन्द्र भण्डारी, प्रदेश सदस्य अमृत पुडासैनी, नवराज थापा लगायतको उपस्थित रहेको थियाे ।

Image may contain: 1 person, smiling, standing

साझा पार्टीका गोरखा जिल्ल्ला संयोजक किशोर रेग्मी

झट्ट हेर्दा कुनै टेलिभिजनको बहस कार्यक्रम, साझा सवाल कार्यक्रम जस्तो लाग्ने तरिकाले हलको सजावट गरिएको थियो ।

अन्य राजनीतिक दल भन्दा हामि फरक छौ भन्ने साझा दलको कार्यक्रम गर्ने तरिकापनि फरक नै थियो मन्चमा कोहिपनि सभापति प्रमुख अतिथि र अतिथि रहेनन् भने कार्यक्रम संचालक र बक्ता बाहेक कोहि कसैल्लाई पनि स्टेज मा स्थान रहेन ।

त्यस गरि नव नियुक्त जिल्ला संयोजक रेग्मीलाई पनि केन्द्रिय संयोजक मिश्र र प्रदेश संयोजक भण्डारीले नेपालको माटोको टीका लगाएर आधिकारिक बधाई एव शुभकामना दिएका थिए । कार्यक्रममा केन्द्रिय संयोजक लगायतका बक्ताहरुले पार्टीको धारणा राखेका थिए ।

जिल्ला संयोजकलाइ माटोको टिका लगाएर बधाई दिदै केन्दीय संयोजक मिश्र र गण्डकी प्रदेश संयोजक भण्डारी

Image may contain: 9 people, crowd and indoor

उपस्थित जनमानस

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily