+
Search

ताजा अपडेट +

पपुलर +

गायिका आनीको खातामा शंकास्पद १९ करोड, छानविन रोक्न प्रधानमन्त्री कार्यालयको दबाब !

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार ०६:३५ बजे

काठमाडौं- गायिका आनी छोइङ डोल्माको बैँक खातामा रहेको १९ करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन गरिरहेको छ।

उनको मेगा बैँकमा रहेको ००१००५००३९४२४ नम्बरको खातामा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो।

२६ गते पाँच लाख ७९ हजार नौ सय ८०, २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकी डलर आएको थियो।

सो रकम शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैँकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलार्य पत्रचार गरेको थियो।

गायिका डोल्माले विभिन्न सामाजिक कामका लागि आफूलाई विदेशबाट डलर प्राप्त भएको बताए पनि स्रोत खुलाउन सकेकी छैनन्।

विगतमा पनि आनीको खातामा त्यसैगरी पटक पटक विदेशबाट ठूलो परिणाममा पैसा आएको विभागको अनुसन्धानबाट खुलेको छ।

त्यसरी आएको पैसा उनले संस्थामै खर्च गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

यसपटक एकैपटक धेरै आएपछि छानविन थालिएको हो।

तर, छानविन नसकिँदै अनावश्यक दबाब आएको विभागका कर्मचारीहरु बताउँछन्।

स्रोतका अनुसार प्रधानमन्त्रीनिकट व्यक्तिहरुले नै उनको पैसा रोक्का फुकाउन दबाब दिइरहेका छन्।

अघिल्लो वर्ष २ साउनमा प्रशारित टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’को पहिलो अंकमा स्टुडियोमै उपस्थित भएर गायिक आनीले दुईन विस्थापनका लागि भन्दै प्रधानमन्त्रीसामु एक करोड सहयोग गर्ने घोषणा गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily