+
Search

ताजा अपडेट +

पपुलर +

अख्तियारका पूर्वप्रमुख आयुक्तदेखि चर्चित गायिकासम्म सम्पत्ति शुद्धीकरणको छानविनमा

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार ०६:४० बजे

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखसहित चर्चित गायिकासम्म सम्पत्ति शुद्धीकरणको छानविनमा परेका छन्।

सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व आयुक्त राजनारायण पाठकमाथि छानविन गरिरहेको छ।

त्यसैगरी अबैद्य रुपमा अकुत सम्पत्ति जोडेका २० हाइप्रोफाइल व्यक्तिको आय श्रोत सम्पत्ति शुद्धीकरण विभागले खोज्न थालेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

जिनी मेडिकल कलेजका सबै सञ्चालक पनि विभागको छानविनमा परेका छन्।

नोवेल मेडिकल कजलेका प्रमुख सुनील शर्मा, बीएण्डसी अस्तालका सञ्चालक दुर्गा प्रसाईं, नेसनल मेडिकल कलेजका प्रमुख बसरुद्धिन अन्सारी र गण्डकी मेडिकल कलेजका प्रमुख खुमा अर्यालमाथि विभागले छानविन सुरु गरेको हो।

त्यसैगरी गायिका आनी छोइङ डोल्मा पनि छानविनमा छिन्।

बालुवाटार जग्गा प्रकरणका नायिके शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि पनि छानविन भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily