काठमाडौं- दशैंमा उपत्यका बाहिर जानेहरुका लागि आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले टिकट बुकिङ सुरु गरेका छन ।
लामो दूरीमा चल्ने बसको अग्रिम टिकट सम्बन्धीत यातायात काउन्टरबाट बुकिङ सुरु गरिने छ ।
नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।
आजबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगायतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ ।
दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागले बताएको छ ।
यसका लागि असोज १० बाट यात्रु सहायता कक्ष खुला हुने छ ।
प्रतिक्रिया