काठमाडौं- शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले दोस्रो दिनमा पनि उत्तिकै दमदार कमाइ गर्न सफल भएको छ ।
पहिलो दिनमा एक करोड ८५ लाखको कमाइ गरेको यस फिल्मले दोस्रो दिन १ करोड ९८ लाख कमाइ गर्न सफल भएको छ ।
नेपाली फिल्मको इतिहासमै पहिलो दिनमा नै सवैभन्दा बढी कमाइ गर्न सफल यस फिल्म ट्रेलर रिलिज भएसँगै निकै चर्चामा रहेको थियो ।
यस फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्दि तामाङको प्रमुख भूमिका रहेको छ ।
प्रतिक्रिया