+
Search

ताजा अपडेट +

पपुलर +

स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री

4KNationalDaily
२०७६ आश्विन ५, आईतवार १९:१६ बजे

काठमाडौं- इमेज च्यानलले विगत दुई दशकअघिबाट निरन्तररुपमा आयोजना गर्दै आएको नेपाली सांगीतिक जगत्को महाउत्सव टुबोर्ग इमेज अवार्डको २१औं संस्करण सम्पन्न भएको छ ।

नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने सांगीतिक क्षेत्रको सबैभन्दा ठूलो यो उत्सवमा विभिन्न उत्कृष्ट स्रष्टा सम्मानित भएका छन् ।

शनिबार काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई प्रदान गरियो ।

हाल उपचारकाक्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका सुपुत्र र दिदीले ग्रहण गरे । अमेरिकाबाट भिडियो सन्देश पठाउँदै वरिष्ठ गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताए ।

कार्यक्रममा २०७५ साल असार १ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका नेपाली गीत, चलचित्र, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’हरुमध्येबाट २२ ओटा विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily