गोरखा– गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई राजनीति गर्ने भए कुर्सी छोडेर मैदानमा आउन चुनौती दिएका छन् ।
शनिवार गोरखा सदरमुकाममा आयोजित ‘बूढीगण्डकी जलविद्युत आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुनु भएका सांसद आचार्यले यस्तो चुनौती दिएका हुन् ।
उनले गोरखाको महत्त्वपूर्ण सरोकार राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी उपस्थित नहुनु राजनीति बाहेक अरू केही नभएको बताए ।
‘प्रमुख जिल्ला उपस्थित नहुनु यो राजनीति हो, मैले उहाँ प्रति खेद प्रकट गर्नुपर्छ’ उनले भने ‘किनभने यो राजनीति गर्ने ठाउँ होइन, आउनु हामीसंग राजनीति नै गर्न चाहनुहुन्छ भने चुनावमा आउनुस् ।’
आरुघाट र खहरे क्षेत्रको मुआब्जा निर्धारण नहुँदा लामो समयदेखि जनता मारमा परेको भन्दै सांसद आचार्यले जनतालाई जबाफ दिनुपर्ने ठाउँमा नआउनु दुखद कुरा भएको बताए ।
भने ‘मैले के भन्न चाहन्छु भने यस्तै हो भने तपाई गोरखाको इतिहासमा अर्को एउटा कालो धब्बा बनेर ज्यादै हुनुहुन्छ ।’
प्रतिक्रिया