+
Search

ताजा अपडेट +

पपुलर +

सी चिनफिङ नेपाल आउने पूर्वसन्ध्यामा चीनमा पढ्दै नेकपाका मेयरहरू

4KNationalDaily
२०७६ आश्विन ६, सोमबार ०८:३८ बजे

काठमाडाैं- नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् ।

पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत ।

साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् ।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् ।

युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई पढाउने गरेका छन् ।

कक्षा बिहान र अपराह्न गरी दैनिक दुई चरणमा हुने खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily