+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैनः डा. भट्टराई

4KNationalDaily
२०७६ आश्विन ७, मंगलवार ०६:५१ बजे

काठमाडौं- समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन् ।

सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।

‘अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन’, उनले भने, ‘तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँदैछौं ।’

चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पुर्याइने उनले दाबी गरे ।

भने ‘संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन ।’

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily