काठमाडौं- समाजवादी विद्यार्थी युनियनले दलीय भागबन्डाको विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मत सर्वेक्षण गरेको हो ।
दलीय भागबण्डाले विश्वविद्यालयको प्राज्ञिक गरिमा खस्कँदै गएको भन्दै युनियनले विरोध स्वरुप संकेतिक मत सर्वेक्षण गरेको हो।
मत सर्वैक्षणको नतिजा विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बुझाउने भएको छ।
विद्यार्थीको मतलाई आधार बनाएर अरु थप संघर्षको कार्यक्रम अगाडि बढाउने युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।
प्रतिक्रिया