गोरखा- अजिरकोट गाउँपालिकाको भच्चेकमा दि मनास्लु यूवा क्लबले असोज १० देखि १७ गतेसम्म ‘प्रथम भच्चेक कप’ फुटबल प्रतियोगिता गर्ने भएको छ ।
क्लबले सार्वजनिक सूचना जारी गरी खुल्ला फुटबल प्रतियोगितामा सहभागि हुन खेलाडीहरुलाई आग्रह गरेको छ ।
भच्चेक स्थित टुडीखेल मैदानमा हुने प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एकसय ११ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो हुनेले ५५ हजार पाँचसय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउनेछ ।
त्यस्तै सेमिफाइनल पुग्ने अथवा सान्त्वना स्थान हाँसिल गर्ने दुबै टोलीलाई २२ हजार दुईसय २२ रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको आयोजक दि मनास्लु क्लबले जानकारी दियो ।
प्रतियोगितामा सहभागि हुन चाहने टिमहरुले प्रतियोगिता हुने दिन असोज १० गते विहान १० बजे भित्र आफ्नो टिम दर्ता गरिसकेको हुनुपर्नेछ । प्रतियोगितामा सहभागि टिमले दर्ता स्वरुप १० हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
उक्त प्रतियोगिताको उद्घाटन सत्रमा आयोजक क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गर्नेछ ।
प्रतिक्रिया