+
Search

ताजा अपडेट +

पपुलर +

मेस्सीले जिते छैटौंपटक फिफा वर्ष खेलाडी अवार्ड

4KNationalDaily
२०७६ आश्विन ७, मंगलवार ०७:५५ बजे

काठमाडौं- विश्वको सर्वाेच्च फुटबल संगठन फिफाले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट खेलाडीको अवार्ड यस वर्ष अर्जेन्टिनााका लियोनल मेस्सीले जितेका छन्।

सोमबार राति घोषणा भएको सन् २०१९ को उत्कृष्ट खेलाडीको अवार्ड मेस्सीले छैटौंपटक हात पारेका हुन्।

क्रिस्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइकलाई पछि पार्दै मेस्सीले अवार्ड जितेका हुन्।

वर्षका उत्कृष्ट पुरुष खेलाडीमा बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका मेस्सीले युभेन्टसबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र लिभरपुलबाट खेल्ने नेदरल्यान्डका भ्यान डाइकलाई पछि पारेका हुन्।

गएको सिजन ला-लिगाको उपाधि जितेका मेस्सी युरोपियन प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

यसअघि मेस्सीले उक्त अवार्ड ५ पटक जितिसकेका छन्। उनले सन् २००९, २०१०, २०११, २०१२ मा लगातार चारपटक र २०१५ मा उक्त अवार्ड जितेका थिए।

यस्तै रोनाल्डोले पनि ५ पटक जितिसकेका छन्। रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए। सन् २०१९ को पनि अवार्ड पनि जितेपछि मेस्सीले रोनाल्डोलाई पछि पारेका छन्।

मेस्सीले गएको सिजन ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेले। जसमा उनले ४ हजार २४ मिनेट मैदानमा बिताएका थिए।

त्यसमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल हानेका थिए।  त्यसलाई तुलनात्मक रुपमा हेर्ने हो भने उनले एक गोल गर्न सरदर ८६ मिनेट लगाएका छन्। मेस्सीले पोस्टमा प्रहार गरेको सट संख्या २ सय ८४ रहेको थियो।

उता महिलातर्फ अमेरिकी एलेक्स मोर्गान र इंग्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पार्दै अमेरेकी मेगान रापिनले फिफा वर्ष खेलाडीको उपाधि हात पारिन्। ३४ वर्षीया रापिन महिला विश्वकपमा गरेको ६ गोलले नै उनलाई गोल्डन बुटको हकदार बनाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily